बलिउड समाचार

बक्स अफीसमा ‘फन्ने खां’ को ख़राब शुरुवात

बलिउड, अगस्तको पहिलो शुक्रबार बलिउडको लागि विशेष भाग्यशाली साबित भएन। यस दिनमा तीन प्रमुख चलचित्रहरू बक्स अफिसमा प्रदर्शन भए । पहिलो चलचित्र अनिल कपूर, ऐश्वर्या राय बच्चन र राजकुमारको ‘फन्ने खां’, दोस्रो ऋषि कपूर-तापासी पन्नु अभिनित ‘मुल्क’ र तेस्रो इरान खानको ‘कारवां ‘।

यिनीहरूमध्ये सबैभन्दा ठूलो बजेटको चलचित्र ‘फन्ने खां’ थियो, तर यसको पहिलो दिनको बक्स अफिस संग्रह निराशाजनक भयो । व्यापार विश्लेषक तरण आर्दशले आफ्नो ट्विटरमा लेखेका छन, “फन्ने खां” ले धेरै खराब सुरुवात गरेको छ। भारतमा पहिलो दिनको बक्स अफिस संग्रह २.१५ करोड रुपैयाँ छ।

मिडिया रिपोर्टका अनुसार, फिल्मको बजेट लगभग ३० करोड रुपैयाँ छ । यो चलचित्र डच फिल्म ‘एव्रीबड़ी इस फेमस’ को रीमेक हो जून २००२ मा रिलीज भएको थियो । फिल्ममा राजकुमार रावको भूमिका पहिला आर. मधुवनको लागि छनौट भएको थियो, तर समय दिन नसकेको कारण उनले फिल्म छोडे। यस फ़िल्ममा अनिल कपूर, ऐश्वर्या राय बच्चन र राज कुमारले अभिनय गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *