दिलीप रायमाझीको चलचित्र ‘कहीँ कतै’ आजबाट प्रदर्शन

काठमांडौ, उमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र कहीँ कतै आज शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । ५० भन्दा बढी स्क्रिनमा एकसाथ प्रदर्शन हुने यो चलचित्र सिक्किम तथा काठमाडौंमा खिचिएको हो । चलचित्रका निर्देशक सविरका अनुसार यो चलचित्रले समसामयिक विषय उठान गरेको छ । निर्देशक श्रेष्ठ भन्छन्– कहिकतै फेमेली ड्रामा हो र यो चलचित्रमा हामीले युवापुस्ताको लभ स्टोरी समेत देखाउन खोजेका छौं ।

७५ लाख जति लगानी भएको चलचित्र कहीँकतैमा शिवानी तथा सोनमको जोडी बाँधिएको छ । यो चलचित्रमा सिवानी इनोसेन्ट युवतीको भूमिकामा प्रस्तुत हुँदैछिन् । केही समय अघि यो चलचित्रको प्रदर्शन सिक्किममा भएको थियो जहाँ दर्शकबाट सु:खद् प्रतिक्रिया मिलेको दाबी गरिएको छ ।

शिव ढकाल तथा बाबु श्रेष्ठको छायांकनको यो चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । चलचित्रकी अभिनेत्री तथा निर्मात्री उमा वेवीले दर्शकले यो चलचित्रबाट फरक किसिमको स्वाद पाउनेमा आफूहरू ढुक्क रहेको बताएकी छिन् । यस चलचित्रका निर्देशक सविर श्रेष्ठ हुन् । कलाकारहरु दिलीप रायमाझी, किशोर खतिवडा, उमा बेबी, सिवानी गिरी, सोनम वरफुङ्पा रहेका छन् भने संगीत सचिन सिंह तथा लक्की सिटौलाको रहेको छ ।

(स्रोत : साप्ताहिक)

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *