‘साहो’ चलचित्रको सेटमा भएको थियो ठुलो घटना, बाल-बाल बचेकी थिइन श्रद्धा कपूर

बलिवुड अभिनेत्री श्रद्धा कपूर यति बेला आफ्नो आउँदो चलचित्र स्त्री र ‘बत्ती गुल मीटर चालू’ को प्रमोशनमा बिजी छिन् । यति बेला चलचित्रको प्रमोशनका साथै श्रद्धा चलचित्र ‘साहो’को शूटिंगमा पनि बिजी छिन् ।

तपाईलाई जानकारी दिउँ की श्रद्धाको चलचित्र ‘साहो’ एउटा एक्शन चलचित्र हो । यस चलचित्रमा श्रद्धा कपूरको साथ साथै प्रभास पनि देखा पर्ने छन् । हालसालै चलचित्र ‘साहो’ को सेटमा एउटा स्टंट सीन गर्दा श्रद्धा कपूर घाइते भएकी थिइन । भाग्यले गर्दा श्रद्धालाई धेरै चोट लागेन । यतिबेला उनी ठीक छिन् । यो कुराको खुलासा श्रद्धा कपूर आँफै गरेकी छिन् ।

श्रद्धाले हालसालै एक इंटरव्यूमा भनेकी छन कि “साहोको लागि धेरै नै राम्रो एक्सपीरिएंस रह्यो तर केही सिन मेरो लागि गर्न धेरै जटिल थियो । म धेरै खुशी छु कि म बांचे, किनकी सेटमा धेरै नराम्रो सित लड़ेकी थिएँ तर भाग्यले गर्दा मलाई धेरै चोट लागेन ।

श्रद्धा कपूरले अगाडी भनेकी छन् कि साउथमा सिक्योरिटीको लागि धेरै ख्याल राख्छन । तर आफ्नै स्टंट आँफैले गर्ने उत्साह मैले कहिले कहिले यस्तो भूल पनि भई हाल्छ जून धेरै समस्या झेल्नु पर्छ, तर थैंक गॉड की मलाई गंभीर चोट लागेन । स्मरण रहोस कि श्रद्धा कपूरको हॉरर कॉमेडी चलचित्र ‘स्त्री’ ३१ अगस्तको रिलीज हुँदै छ । यो चलचित्रमा श्रद्धाको साथ साथै राजकुमार राव र पंकज त्रिपाठी मुख्य भूमिकामा छन । यो चलचित्रको निर्देशन अमर कौशिक गरेका छन् ।

त्यस्तै ‘साहो’ चलचित्र आउँदो साल रिलीज हुँदै छ । ‘बत्ती गुल मीटर चालू’ चलचित्रमा श्रद्धा र शाहिद कपूरले साथ काम गरेका छन् । यो पहिलो मौका हो जब श्रद्धा र शाहिद एक साथ स्क्रीन शेयर गर्दै छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *