अनुप र वर्षालाई “जय शम्भू” चलचित्रको प्रमोशनका लागि दौड़धुप

काठमाडौं,चलचित्र ‘जय शम्भु’ टिम अहिले फिल्मको प्रचार प्रसार सकाएर काठमाडौं फर्किएका छन् । फिल्म युनिटले पोखरा, बुटवल र चितवनमा त्यहाँका दर्जन भन्दा बढी होटल तथा लन्जहरुमा फिल्मको बारेमा जानकारी गराएको राजधानी दैनिकले जनाएको छ ।

एक्शन लभस्टोरी भनिएको फिल्मका वारेमा जानकारी गराउन कलाकारहरु प्रशान्त ताम्राकार, अनुप विक्रम शाही, वर्षा शिवाकोटी लगायत सहभागी भएका थिए । रिलिज मिती नजिकिँदै गर्दा फिल्म युनिटले प्रचार प्रसारलाई तीव्र पारेका हुन् ।

देश व्यापी प्रचार प्रसारमा देखिएका फिल्मका टिमले प्रचारको लागि नयाँ शैली अपनाएका हुन् । दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् । यस्तै सह निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले हुन् ।

फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । फिल्ममा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना आदको मूख्य भुमिका रहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *