आमिर खानले ‘ठग्स ऑफ हिंदुस्तान ‘ पछि हॉलीवुड चलचित्रको रीमेक गर्ने

बलिउड, चलचित्र ‘ठग्स ऑफ हिंदोस्तान’ पछि आमिर खान कुन चलचित्र शुरू गर्ने छन् , यो खबरलाई लिएर इंडस्ट्रीमा धेरैले अनेकौ अड्कल लगाईरहेका छन् । केही दिन पहिला आमिर खान ‘महाभारत’ शुरू गर्दै छन् भनेर खबर आयो, यति बेला महाभारत पढ्दै पनि छन् । फेरी अर्को ताज़ा समाचार अनुसार आमिर खान ‘कपूर एंड सन्स’ फेम निर्देशक शकुन बत्राको आउँदो चलचित्रमा आचार्य रजनीश (ओशो) को किरदारमा देखा पर्दै छन् । अब फेरी भारतीय मीडियामा आएको खबर अनुसार आमिर खान ‘ठग्स ऑफ हिंदुस्तान ’पछि हॉलीवुड चलचित्रको हिंदी रीमेकमा काम गर्ने बताएका छन् ।

ख़ुफ़िया जानकारी अनुसार, ‘आमिर खानले शकुन बत्राको निर्देशनमा बन्न लागेको ओशो चलचित्रलाई होल्डमा राखेका छन् । वास्तवमा आमिर खानले आफ्नो टीमसँग सल्लाहपछि यो चलचित्रको स्क्रिप्टमा फेरी काम गर्दै छन् । आमिर खानलाई स्टोरीको केही भाग मन परेको छैन ।’ सूत्रको अनुसार आमिरले अगाडि भनेका छन्, आमिर खान एउटा हॉलीवुड चलचित्रको हिंदी रीमेकमा मन लगाएका छन् , जून पैरामाउंट पिक्चर्सद्वारा प्रोड्यूस गरिएको थियो ।

आमिर खान आफ्नो प्रोजेक्ट्सको बारेमा तब सम्म कुरा गर्दैनन, जब सम्म सबै कुरा फाइनल हुँदैन। यसैले यो चलचित्रको नाम अहिलेसम्म बाहिर आएको छैन । जब सबै कुरा फाइनल हुन्छ तब यो चलचित्रको नाम पनि अनाउसमेंट हुन्छ। अहिले आमिर खानको टीम चलचित्रको अधिकार लिनको लागि कुराकानीमा व्यस्त छन् ।’

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *