सौगात र सृष्टी “भासु भात” चलचित्र मा अनुबन्धित

नेपाली सिनेमा क्षेत्रका चर्चित प्रेमी जोडीको रुपमा सौगात मल्ल र सृष्टी श्रेष्ठ चिनिन्छन । लामो समयदेखि खुलेआम सार्वजनिक रुपमा नै प्रेम सम्बन्धलाई स्वीकार्दै आएका यो जोडी एकसाथ पर्दामा भने आएका थिएनन् । फिल्मको अफर आईरहेको तर चित्त बुझ्दो स्क्रिप्ट नपाएको बताउँदै आएका सौगात सृष्टीले आफुहरु एकसाथ पर्दामा आउँन उत्साहित रहेको बताएका थिए ।

सोही बमोजिम यी दुईको जोडी अब ‘भासु भात’ नामक फिल्ममा देखिने भएका छन् । सञ्जीव न्यौपानेले निर्देशन गर्न लागेको यस फिल्ममा यो जोडीलाई पर्दामा ल्याउँने जमर्काे गरेका हुन् । फिल्ममा यी दुई औपचारिकरुपमा नै अनुबन्धित भईसकेका छन् । फिल्ममा निर्देशक न्यौपानेको नै कथा रहेको छ ।

मेरो फिल्मीका अनुसार फिल्ममा अन्य कलाकारहरुको बारेमा जानकारी दिईएको छैन । पक्कै पनि दर्शकहरुका लागि सौगात र सृष्टीको जोडी पक्कै नौलो हुनेछ । यसअघि सौगातले सञ्जीवसंग ‘स्टोरी अफ अ तामाङ गर्ल’ मा काम गरिसकेका छन् भने सौगात र सृष्टीले ‘लालपूर्जा’ मा काम गरिसकेका छन् तर उक्त फिल्ममा यो जोडीले एकसाथ स्क्रिन सेयर भने गर्न पाएका थिएनन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *