अपकमिंग चलचित्रमा अभिषेक र जोन अब्राहम भए फाइनल

बलिउड, जूनियर बी अभिषेक बच्चन र माचो मैन जॉन अब्राहम सिल्वर स्क्रीनमा फेरी धूम मच्चाउन एकै साथ देखिने भएका छन् । बलिउड निर्देशक अनीस बज्मी चलचित्र ‘साढ़े साती’ बनाउन लागिरहेका छन् । चलचित्रमा मुख्य भूमिकाको लागी अजय देवगन र अनिल कपूरलाई फाइनल भएका थिए । तर डेट्स नमिलेको कारणले कुरा अगाडि बढ़न सकेन ।

अब बलिउडमा यो गॉसिप चलिरहेको छ कि अजय देवगन र अनिल कपूरको ठाउँमा जॉन अब्राहम र अभिषेक बच्चनलाई फाइनल भएका छन् । चलचित्रको शूटिंग २०१८ को अन्त्यतिर तक शुरु हुनेछ । अब भारतीय मीडियामा यो समाचार पनि आएको छ कि चलचित्रको नाम ‘साढ़े साती’ नभई ‘पागलपंती’ राख्ने भएका छन् ।

चलचित्रका निर्माता कुमार मंगत हुन । साढ़े साती एउटा यस्तो मान्छेको कथा हुनेछ जसको ७ वर्षदेखि ब्याड लक चलिरहेको छ । यसमा उसित कस्ता कस्ता घटनाहरु घट्न सक्छन र उसले कसरी समाधान गर्छ भन्ने कुरा चलचित्रमा देखाईने छ । यो एउटा मल्टीस्टारर चलचित्र हुनेछ । जॉन र अभिषेकले यो भन्दा अगाडि ‘दोस्ताना’ र ‘धूम’ जस्ता चलचित्रमा एकै साथ काम गरिसकेका छन् ।

यदि सबै कुरा ठीकठाक भयो भने जॉन और अभिषेक फेरी सिल्वर स्क्रीनमा धूम मच्चाउने छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *