बिकाश राज आर्चायले गरे ‘नाइँ नभन्नू ल ६’ को घोषणा

हलिउड र बलिउडमा जस्तै नेपालमा पनि हिट फिल्मको सिरिजको ट्रेड नै बनिसकेको छ । यसबीचमा गत शुक्रबारबाट सफलतापुर्वक रिलिज भईरहेको ‘नाई नभन्नू ल ५’ को पनि अर्काे सिरिज पनि निर्माण हुने भएको छ । फिल्मले शनिबार र आइतबारको कलेक्सनबाट उत्साहित भएका निर्देशक एवं निर्माता बिकास राज आचार्यले फिल्मको अर्काे सिरिज पनि निर्माण गर्ने घोषणा गरेका थिए ।

फिल्मले २ करोड भन्दा बढि कलेक्सन गरिसक्दा उत्साहित भएका उनले नाई नभन्नू ल ६ लाई भने फरक ढंगले दर्शकमाझ ल्याउँने तयारीमा रहेका छन् । त्यसोत उनले ‘नाई नभन्नू ल ६’ निर्माण गरी यसको सिरिज निर्माणलाई अन्त्य गर्नसक्ने पनि इशारा दिएका थिए । सम्भवत उनलाई ‘नाई नभन्नू ल’ को ब्राण्ड नेम प्रयोग गरेर मात्र फिल्म निर्माण गरेको आरोप लागिरहेको हुनाले पनि उनले यसतर्फ संकेत गरेका हुन भनी मेरो फिल्मीमा समाचार छ ।

फिल्ममा अनुभव रेग्मी छुट्ने छैनन् भने बाँकी कलाकारको यकिन भएको छैन । सधै मल्टिस्टारर रहँदै आएको छैटौँ सिरिजले पनि यसलाई निरन्तरता दिनेछ । १ करोड ३५ लाखको बजेटमा निर्माण भएको फिल्म ‘नाई नभन्नू ल ५’ ले भने राम्रो माउथ पब्लिसिटी पाएको कारण र नयाँ ठुला फिल्म रिलिज नहुँदा सम्म यसले अझै फाईदा उठाउँने अनुमान गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *