विशाल भारद्वाजको चलचित्रमा फेरी प्रियंका चोपड़ा अनुबन्धित

बलिउड,अभिनेत्री प्रियंका चोपड़ा एक पटक फेरी विशाल भारद्वाजको चलचित्रमा काम गर्ने भएकी छिन् । विशाल भारद्वाजले चर्चित नाटक ट्वेल्व्थ नाइटमा आधारित चलचित्र बनाउन चाहन्छन् । प्रियंका र विशाल चलचित्रको कथामा कुराकानी गर्नको निमित्त तीन चार पटक मिली सकेका छन् । प्रियंका चोपड़ा र विशाल भारद्वाजले ‘कमीने’ र ‘7 खून माफ’ मा एक साथ काम गरिसकेका छन् ।

विशाल भारद्वाजले प्रियंका सित चलचित्रमा काम गर्ने कुरा कन्फर्म गरेका छन् । यतिखेर उनीहरु चलचित्रको कथामा काम गरिरहेका छन् । अर्को वर्ष चलचित्रको छायांकन शुरू हुने आशा छ । विशाल भारद्वाज आजभोली आफ्नो चलचित्र ‘पटाखा’ को प्रमोशनमा व्यस्त छन् । यो चलचित्र राजस्थानका दुई दीदी बहिनीको कथामा आधारित छ जून एक अर्कासित सँधै झगड़ा गरीरहन्छन् । फेरि उनीहरुको जिन्दगीमा एउटा यस्तो मोड़ आउँछ जहाँ उनीहरु एक अर्का प्रतिको व्यवहार बदलिन्छ ।

प्रियंका चोपड़ा यति बेला निक जोन्स सित इंगेजमेंटलाई लिएर चर्चामा छिन् । प्रियंका चोपड़ा सलमान खानद्वारा अभिनीत ‘भारत’ मा कास्ट भएकी थिइन् तर इंगेजमेंट भन्दा केही दिन अगाडी उनले यो चलचित्र छोडेकी छिन् । यतिबेला प्रियंका ‘द स्काइ इज पिंक’ को शूटिंगमा व्यस्त छिन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *