बंटी और बबलीको सिक़्वेलमा काम गर्न इच्छुक अभिषेक

बलिउडका जूनियर बी अभिषेक बच्चन आफ्नो सुपरहिट चलचित्र बंटी और बबलीको सिक़्वेलमा काम गर्न चाहन्छन ।

वर्ष २००५ मा प्रदर्शित आदित्य चोपड़ाद्वारा निर्मित सुपरहिट चलचित्र बंटी और बबलीमा अभिषेक, रानी मुखर्जी र अमिताभ बच्चनको मुख्य भूमिका निभाएका थिए । बलिउडमा आजकल चर्चा चलिरहेको छ कि बंटी और बबलीको सिक़्वेल बनाउन लागिरहेका छन् हालांकि अभिषेकले भनेका छन् कि अहिलेसम्म कुनै अनाउसमेन्ट भएको छैन ।

अभिषेकले अगाडी भनेका छन्, “आदित्यले बंटी और बबलीको रिलीजपछि नै सिक़्वेल बनाउन २००५ मै सोचेका थिए तर यो आइडियाको स्क्रिप्ट नमिलेको कारण ड्रॉप गर्नु परेको थियो । सिक़्वेललाई लिएर मलाई अहिलेसम्म अप्रोच गरेका छैनन । बंटी और बबली मेरो लागि धेरै स्पेशल चलचित्र थियो । यो समयमा यदि आदित्यलाई स्टोरी मिल्छ भने म जसरी भए पनि चलचित्रको सिक़्वेलमा काम गर्न चाहन्छु , तर यतिबेला यो भन्दा धेरै केही भन्न चाहन्न।”

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *