अनमोल केसी र प्रदिप खड्कासँगै काम गर्ने पल शाहको चाहाना

यी तिनै जनाले एकै चलचित्रमा अभिनय गरे भने कस्तो होला? यो जिज्ञासा धेरै चलचित्रकर्मी तथा दर्शकहरुमा पनि छ ।

केहि समयअघि मात्र प्रदिप खड्काले अफूलाई अनमोलसँग काम गर्ने इच्छा रहेको बताएका थिए । उनले उक्त चलचित्रमा अनमोलको तर्फबाट २५ प्रतिशत र आफ्नो तर्फबाट २५ प्रतिशत शेयर समेत रहने र बाँकी ५० प्रतिशत भने चलचित्र निर्माताको तर्फबाट रहने बताएका थिए ।

प्रदिप खड्काले यस्तो प्रतिकृया दिएको केही दिनभित्रमा नै अभिनेता अनमोल केसीले पनि आफू प्रदिप खड्कासँग काम गर्न तयार रहेको बताएका थिए ।

यसै सन्दर्भमा अर्का अभिनेता पल शाहले पनि आफ्नो भनाइ व्यक्त गरेका छन् । उनले अनमोल र प्रदिपसँग काम गर्ने चाहना आफ्नो पनि रहेको बताएका हुन् । प्रदिप र अनमोलसँग काम गर्न पाए आफू जस्तोसुकै भूमिकाका निम्ति पनि तयार हुने पल शाहले प्रतिकृया दिएका हुन् ।

‘मलाई एक पटक अनमोल र प्रदिपसँग एउटै चलचित्रमा काम गर्ने इच्छा छ । त्यसको लागि म भिलेन अथवा कुनै कमेडी पात्रका रुपमा भए पनि काम गर्न तयार हुने छु,’ पलशाहले भने ।

चलचित्र निर्माता तथा निर्देशकहरुले पनि यी तीन अभिनेताहरुलाई एउटै चलचित्रमा काम गराउने प्रयास नगरेका हैनन् । निर्माता रमेश त्वायनाले त अनमोल प्रदिप र पललाई लिएर हामी ३ भाइको सिक्वेल निर्माण गर्ने प्रतिकृया समेत दिएका थिए ।

यता पलशाहको प्रतिकृया जस्तै नेपाली दर्शकले पनि एक पटक यी तीन अभिनेतालाई एउटै चलचित्रमा देख्न भने चाहेका छन् । अब दर्शकको यो चाहना कहिले पूरा हन्छ, त्यो भने समयले बताउने छ । आजको उज्यालो ऑनलाइनमा समाचार छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *